Kia ले नयाँ EV9 को रूपमा आफ्नो पहिलो तीन-रो इलेक्ट्रिक SUV अनावरण गरेको छ।
फ्रन्टको डिजाइनमा, यसले 21 इन्च, 20 इन्च वा 19 इन्च पाङ्ग्राहरूको छनोटको साथ 3,100mm ह्वीलबेस पाएको छ। 5,010mm को लम्बाइको साथ, यो 1,980mm वाइड र 1755mm अग्लो छ।
EV9 ले सात-सीटर र छ-सीटर कन्फिगरेसनहरू र दोस्रो-रो सिट विकल्पहरू प्रदान गर्दछ।
पहिलो पटक, दोस्रो रोले चार सिट विकल्पहरू प्रदान गरेको छ – तीन-सीटर बेन्च सीटहरू, बेसीक-टाइप, रिल्याक्शेसन-टाइप र स्वीभेल-टाइप दुई-सीटर सिटहरू।
EV9 को इलेक्ट्रिक ड्राइभट्रेन मोड्युलर E-GMP प्लेटफर्ममा आधारित छ र यसले Kia को चौथो पुस्ताको ब्याट्री प्रविधि प्रयोग गर्दछ।
यसको सबैभन्दा शक्तिशाली अल-ह्वील-ड्राइभ अवतारमा, मोटरले 380bhp र 600Nm को टर्क उत्पादन गर्दछ।
Kia ले एक चार्जमा 541km को अनुमानित WLTP रेन्ज प्रदान गर्दछ। EV9 को यस महिनाको अन्त्यमा सियोल मोबिलिटी शो 2023 मा डेब्यू हुनेछ।