मर्सिडीज-एएमजी सीएलई ६३ कूपको परीक्षण भईरहेको छ

कूपहरू र कन्भर्टिबलहरूको सन्दर्भमा, मर्सिडीज-बेन्जसँग सँधै केही उत्कृष्ट लाइन-अपहरू हुन्छन्।

उनीहरुसँग लगभग सबै भेरियन्टहरूका लागि कन्भर्टिबल र कूप संस्करणहरू छन्। यी मध्ये सबैभन्दा लोकप्रियहरू सी-क्लास र ई-क्लास हुन्।

सी-क्लास र ई-क्लास कूपहरू रिप्लेस गर्ने नयाँ CLE-क्लास हुनेछ जुन C र E-क्लासको बीचमा बस्नेछ।

CLE ले रेगुलर पेट्रोल, डिजेल र माइल्ड AMG भेरियन्ट प्राप्त गर्नेछ। यसले CLE 63 AMG को रूपमा पूर्ण विकसित AMG संस्करण पनि प्राप्त गर्नेछ।

हालै, एउटा स्पाइ शट्ले खुलासा गरेको छ की मर्सिडीज-एएमजी सीएलई ६३ कूपको परिक्षण भईरहेको छ।

यसले चार पाङ्ग्राहरूलाई पावर दिने ठूलो चार लिटर, V8 इन्जिन पाउने सम्भावना छ। यसले नयाँ Audi A5 र BMW 4 सिरिज कूपसँग प्रतिस्पर्धा गर्नेछ।

CLE-क्लासको डेब्यु 2023 को अन्त्यमा वा 2024 को सुरुमा हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *