नेपालभर चेरी क्यूको डेलिभरी सुरू

गत नाइमा मोबिलिटी एक्सोपमा नेपाल आएको चेरी क्यू इलेक्ट्रीक एसयूभीको नेपालभर डेलिभरी सुरु भएको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले एकसाथ देशका प्रमुख सहरहरुमा डेलिभरी सुुरू गरो हो ।

कम्पनीका अनुसार काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल, विराटनगरमा औपचारिक रूपमा डेलिभरी सुुरू गरिएको छ ।

सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्यूमा ४१.२किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटकको फुचार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

चेरी क्यूमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउण्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडास सुविधाहरू रहेका छन्।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।

चेरी क्यूले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *