चेरीको नयाँ मिनी ईभी आउँदै

चिनियाँ अटोमोबाइल कम्पनी चेरीले जापानी बजारलाई लक्षित गरी विकास गरिरहेको नयाँ इलेक्ट्रिक के–कारको पेटेन्ट तस्बिर सार्वजनिक भएको छ । ‘एम्टा’ नाम दिइएको यो कार सन् २०२७ मा बजारमा आउने अपेक्षा गरिएको छ ।

सार्वजनिक तस्बिरअनुसार नयाँ कार बक्सी डिजाइनमा तयार गरिएको छ । यसको अगाडिको भाग, बम्पर र लाइटको डिजाइन आकर्षक देखिन्छ । सानो आकार भए पनि भित्री भागमा पर्याप्त ठाउँ उपलब्ध गराउने गरी यसको डिजाइन गरिएको अनुमान छ ।

यो कारको सामान्य संस्करणसँगै अफरोड शैलीको भेरियन्ट पनि देखिएको छ । अफरोड संस्करणमा बाक्लो प्लास्टिक क्ल्याडिङ, फरक डिजाइनको बम्पर र अलि अग्लो ग्राउन्ड क्लियरेन्स दिइने सम्भावना छ । यद्यपि, कम्पनीले यसको प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन ।

जापानको के–कार बजारलाई लक्षित गरिएको एम्टाले बीवाईडी राक्कोसहित अन्य साना विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नेछ । जापानमा साना आकारका गाडी लोकप्रिय रहेकाले यो बजारलाई लक्षित गर्दै कम्पनीले नयाँ मोडल विकास गरिरहेको हो ।

चेरीसँगै अन्य कम्पनीको सहभागितामा ईएमटीले यो कार विकास गरिरहेको छ । यसमा चेरीले गाडीको प्रविधि र विद्युतीय ड्राइभ सिस्टम उपलब्ध गराउने तथा गोटियनले ब्याट्री आपूर्ति गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *