प्राविधिक सीप, दक्ष जनशक्ति र आधुनिक प्रविधिको विकास नै समृद्ध अटोमोबाइल क्षेत्रको आधार हो।
टाटा मोटर्सद्वारा आयोजित BS6 सम्बन्धी प्राविधिक तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्ष गोपाल भट्टराईका अनुसार विशेष अतिथिका रूपमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी तथा गौरवान्वित भएको छु।
अटोमोबाइल क्षेत्रमा दिनप्रतिदिन नयाँ प्रविधिको विकास भइरहेको वर्तमान अवस्थामा हाम्रा अटोमेकानिक व्यवसायी तथा प्राविधिक साथीहरूलाई समयानुकूल ज्ञान, सीप र दक्षतासँग जोड्नु अत्यन्त आवश्यक छ।
यस्ता तालिम तथा प्रशिक्षणले प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर, व्यावसायिक मर्यादा र आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु।
नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको तर्फबाट पनि देशभरका अटोमेकानिक व्यवसायी तथा प्राविधिकहरूको हकहित, सीप विकास, क्षमता अभिवृद्धि र व्यवसायको संस्थागत विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।
यस महत्वपूर्ण कार्यक्रमको आयोजना गरी अटोमोबाइल क्षेत्रको प्राविधिक विकासमा योगदान पुर्याउनुहुने टाटा मोटर्स तथा सम्पूर्ण आयोजक परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागी प्रशिक्षार्थी साथीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल व्यावसायिक भविष्यको शुभकामना ।
Views: 28