नयाँ रेन्ज रोभर सार्वजनिक

ल्याण्ड रोभरले भारतीय बजारमा आफ्नो नयाँ रेन्ज रोभर एसभी सवाई कलेक्सन ४ करोड ९० लाख भारुमा सार्वजनिक गरेको छ। सो विशेष कलेक्सन राजस्थानका तीन ऐतिहासिक शहरहरू – जयपुर, जोधपुर र जैसलमेरको सौन्दर्य, कला र शाही सम्पदाबाट प्रेरित छ।

कम्पनीले सो कलेक्सनको केवल १८ युनिट मात्र उत्पादन गर्नेछ । यसमा ३ फरक संस्करणहरू समावेश छन् र प्रत्येक संस्करणको केवल ६ युनिट उत्पादन गरिनेछ।

रेन्ज रोभर एसभी सवाई कलेक्सन कम्पनीको रेन्ज रोभर बेस्पोक डिभिजनले निर्माण गरेक हुन् । यो भारतको लागि तेस्रो विशेष रेन्ज रोभर कलेक्सन हो। यसअघि कम्पनीले एसभी रणथम्बोर एडिसन र एसभी मसारा एडिसन लन्च गरेको थियो।

नयाँ कलेक्सनमा जयपुर, जोधपुर र जैसलमेर सहरको पहिचान झल्काउने गरी 3 वटा संस्करण तयार पारिएको छ । सो कलेक्सनमा रहेका ३ वटै मोडल लङ ह्विलबेस रेन्ज रोभर एसभीमा आधारित छ ।

यसमा ४ सिटर क्याबिन रहेको छ। यसका ३ वटै संस्करणमा २३ इन्च अलोय ह्विल र २४ क्यारेट गोल्ड प्लेटेड रेन्ज रोभर ब्याजिङ पनि रहेको छ।

रेन्ज रोभर एसभी सवाई जयपुर संस्करणको एक्सटेरियर भाग जयपुरको गुलाबी भवनबाट प्रेरित छ। यसको क्याबिनमा एक्रु र डीप गार्नेटको ड्युअल टोन संयोजन छ। यसको सिटमा कढ़ाई हवा महलको झ्याल डिजाइनबाट प्रेरित छ।

स्टेयरिङ ह्विलमा डीप गार्नेट र इबोनी फिनिश छ। क्याबिनमा सेतो सिरेमिक फिनिश कन्ट्रोल र विशेष रूपमा डिजाइन गरिएको कुशन पनि छ ।

रेन्ज रोभर एसभी सवाई जोधपुर संस्करण जोधपुरको ब्लु सिटीबाट प्रेरित छ। यसको बाहिरी भागमा हल्का नीलो रङको छ। क्याबिनमा पर्लिनो र रिभेरा थिम प्रयोग गरिएको छ।

सिटमा कढ़ाई जोधपुरका दरबार र किल्लामा देखिने ढुङ्गा र काठको जालीको कामबाट प्रेरित छ। सवाई जैसलमेर संस्करणमा जैसलमेरको सुनौलो रङलाई प्रतिबिम्बित गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *