नेपालमा सार्वजनिक तथा निजी यातायात प्रयोजनका लागि प्रयोग हुने विद्युतीय प्यासेन्जर भ्यानको आयात बढ्दै गएको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म १० महिनाको अवधिमा ३ हजार ४०८ युनिट प्यासेन्जर भ्यान नेपाल आएको हो ।
यस अवधिमा सबैभन्दा धेरै भ्यान आयात गर्ने ब्राण्डको सूचीमा फोटोन पहिलो स्थानमा छ । फोटोनले १० महिनाको अवधिमा ५३६ युनिट भ्यान आयात गरेको देखिन्छ । आयात अनुसार फोटोनको बजार हिस्सा १५.७ प्रतिशत छ ।
दोस्रो स्थानमा निओसिया ब्राण्ड परेको छ । केवाइसीको नामबाटै चर्चा कमाएको भ्यानपछि निओसिया नामबाट नेपाल आएको हो । १० महिनाको अवधिमा निओसियाका ५१३ युनिट भ्यान आयात भएको देखिन्छ । उसको बजार हिस्सा १५.१ प्रतिशत छ ।
आयातको आधारमा तेस्रो स्थान किङ लङका विद्युतीय भ्यानले लिएको देखिन्छ । किङ लङका भ्यानहरु ४४१ युनिट आयात भएका छन् । किङ लङको बजार हिस्सा १२.९ प्रतिशत देखिन्छ ।
त्यस्तै, जोय लङका ३१०, एसआरएमका ३०८ र हाइगरका १८४ युनिट विद्युतीय भ्यान नेपाल आएका छन् । १० महिनाको अवधिमा भएको आयातमा जोय लङको बजार हिस्सा ९.१ प्रतिशत, एसआरएमको ९ प्रतिशत र हाइगरको ५.४ प्रतिशत बजार हिस्सा देखिन्छ ।
त्यसैगरी, चेरी एन्ड वान्डाका १४२, आरजेडएमका १३६, कावेईका १०९, फारिजोनका १०५ र सोकोनका १०२ युनिट विद्युतीय भ्यान आयात भएका छन् ।