लुमिन प्लस चीनमा बिक्री सुरू हुँदै

चिनियाँ अटोमोबाइल कम्पनी चांगानले आफ्नो सानो विद्युतीय ह्याचब्याक लुमिनलाई नयाँ स्वरूप बजारमा ल्याउने भएको छ । कम्पनीले लुमिन प्लस नामबाट ल्याउन लागेको सानो कारमा पाँच ढोका पाउन सकिन्छ ।

यसअघि बजारमा उपलब्ध तीन ढोका भएको लुमिनको तुलनामा लामो बडी र पछाडिका यात्रुका लागि थप स्पेससहित तयार गरिएको लुमिन प्लस यहि नोभेम्बर २०२६ मा चीनमा सार्वजनिक हुँदैछ ।

नयाँ लुमिन प्लस चीनका विभिन्न डिलरहरूमा पुगिसकेको छ । कम्पनीले बढ्दो पाँच ढोका भएका साना विद्युतीय कारको मागलाई ध्यानमा राख्दै यो नयाँ भेरियन्ट तयार गरेको हो ।

लुमिन प्लसको सबैभन्दा ठूलो परिवर्तन यसको लम्बाइमा गरिएको छ । पुरानो तीन ढोका भएको मोडलको तुलनामा यसको लम्बाइ २४५ एमएमले बढेको छ । नयाँ मोडलको लम्बाइ ३५१५ एमएम, चौडाइ १७१५ एमएम र उचाइ १५४५ एमएम रहेको छ । यसको ह्वीलबेस २२०० एमएम लामो छ ।

डिजाइनका हिसाबले लुमिन प्लस पुरानो मोडलसँग मिल्दोजुल्दो छ । यसमा गोलाकार हेडलाइट, ठूलो एयर इन्टेक, आकर्षक टेललाइट र ब्ल्याक आउट पिलर दिइएको छ । तर, नयाँ मोडलमा चारवटा ढोका र वास्तविक डोर ह्यान्डल उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *