भोटेकोशीको बाढीले टुट्यो ईभी आयातको लाइफलाइन

गत भदौ १० गते आएको बाढीले रसुवाको रसुवागढी–केरुङ नाका पूर्णरुपमा ध्वस्त बनाएसँगै नाकासम्म जाने भोटेकोशी–त्रिशूली करिडोर सडकखण्ड क्षतविक्षत बनायो । उक्त सडक खण्ड अहिले बगरमा परिणत भएको छ । नेपाल–चीन दुबै तर्फको नाकाका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ ।

रसुवागढीको नाका देखि भोटेकोशी र त्रिशूली करिडोरका बस्ती र जलविद्युत आयोजना पूर्ण रुपमा बगाएको छ । हजारौं मानिस बेपत्ता बनाएको छ भने हजारौंको मुत्य भइसकेको अवस्था छ ।

बाढीले नेपाल–चीन व्यापारिक सम्बन्धमा ठूलो धक्का पुगेको छ । रसुवागढी नाका हुँदै आयात हुने सम्पूर्ण प्रक्रिया पूर्णरुपमा बन्द भएको अवस्था छ । अब तत्काल पुरानो लयमा फर्किने सम्भावना कम देखिन्छ । अझ विशेषगरी रसुवागढी नाका चीनबाट आयात हुने विद्युतीय सवारी साधनको हब नै मानिएको थियो । तर नाका नै ध्वस्त भएसँगै नेपाली बजारमा विद्युतीय सवारीको आयातमा अवरोध भएको छ ।

अटो व्यवसायीहरुले आयात भएर ल्याएका र भन्सार हुन बाँकी रहेका ८०० भन्दा बढी सवारी साधन समेत बाढीले बगाएको छ । नेपाल–चीन आवागमन र व्यापारको प्रमुख नाका पूर्णरुपमा ठप्प छ ।

बाढीपछि रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन ठप्प भएपछि चीनमा रोकिएका छन् । सयौँको संख्यामा रहेका सवारीसाधनलाई अहिले वैकल्पिक मार्गबाट नेपाल भित्र्याउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *