इभीहरुको माग बढिरहे पनि व्यवसायीहरु चिन्तित

नेपालमा हालैमात्र दुई ठुला अटो शोहरु सम्पन्न भएका छन् ।

नेपालमा चिनियाँ ब्राण्डका कारको माग बढिरहेका बेला चीनसँग जोडिएका व्यापारिक नाकामा बाढीपहिरोका कारण उत्पन्न अवरोधले दशैंअघि नयाँ गाडी पाउने उपभोक्ताको प्रतीक्षा लम्बिएको छ ।

यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको छ ।

यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुकिङ गरेका हजारौं ग्राहकले दशैंअघि गाडी पाउनेगरी बुकिङ गरेका थिए ।

तर, आयात प्रभावित भएपछि उनीहरूको प्रतीक्षा लम्बिने देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *