सार्वजनिक भएको २४ घण्टामै सीलायन ०८ को १२ हजारभन्दा बढी अर्डर प्राप्त

बीवाईडीले चिनियाँ बजारमा नयाँ लक्जरी एसयूभी सीलायन ०८सार्वजनिक गरेको छ। सो एसयूभी सार्वजनिक भएको २४ घण्टामै १२ हजारभन्दा बढी अर्डर प्राप्त गरेको छ। सीलायन ०८ कुल ८ भेरिएन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य २ लाख २९ हजार ९०० युआन रहेको छ भने टप भेरिएन्टको मूल्य २ लाख ७९ हजार ९०० युआनसम्म पुग्छ।

बीवाईडीको नयाँ सीलायन ०८ ओसन एस कन्सेप्टबाट प्रेरित छ, जसमा स्प्लिट हेडलाइट, होरिजेन्टल लाइट बार र छतमा माउन्ट गरिएको लिडार सेन्सर राखिएको छ। साथै बम्परको दुबै साइडमा डायनामिक एयर च्यानल्स दिइएको छ । यसको सबै भेरिएन्टमा कम्पनीको एड्भान्स गड्स आई ५.० इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध छ, जसले अटोमेटिक पार्किङ र अर्बन नेभिगेसनमा सहयोग गर्छ।

गाडीको इन्टेरियरमा ओसन इस्थेटिक्स २.० डिजाइन प्रयोग गरिएको छ। प्रिमियम क्याबिनमा फ्लोटिङ सेन्ट्रल टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । क्याबिनमा लाइट बेज कलर स्कीन, सफ्ट लेदर, मदर अफ पर्ल प्यानल र ओवल क्रोम एसी भेन्टले सजाइएको छ ।  सो एसयूभी ५ र ६ सिटको विकल्पमा उपलब्ध छ। यसको ६ सिटर भर्सनको सेकेन्ड रोमा क्याप्टेन चेयर दिइएको छ, जसमा आर्मरेस्ट, इलेक्ट्रिक अडजस्टमेन्ट र लेग सपोर्टको साथै प्यासेन्जरको लागि रुफ स्क्रिम  समावेश गरिएको छ ।

यसको प्लग इन हाइब्रिड भेरिएन्टमा बीवाईडीको पाँचौं पुस्ताको डीएम टेक्नोलोजी प्रयोग गरिएको छ। १.५ लिटर टर्बोचार्ज्ड इन्जिन र इलेक्ट्रिक मोटरको संयोजन रहेको सो संस्करणले ४०० किलोमिटरसम्मको इलेक्ट्रिक रेन्ज र पूर्ण ट्याङ्क र ब्याट्रीमा १६५० किलोमिटरसम्मको संयुक्त रेन्ज दिने कम्पनीको दाबी छ।

त्यस्तै, यसको ब्याट्री इलेक्ट्रिक भेरिएन्टमा ९२.०९३ किलोवाट आवर र ११५.०७२ किलोवाट आवर क्षमताका ब्याट्री उपलब्ध छ । यसमा सिंगल र ड्युअल मोटर विकल्प दिइएको छ । सिंगल मोटर मोडलले ४२९ हर्सपावर र ड्युअल मोटर मोडलले २१५ किलोवाट फ्रन्ट र ३७० किलोवाट रियर मोटर पावर जेनरेट गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *