कृष्णभीरमा तीव्र रुपमा पन्छाइदै पहिरो

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो पन्छाउने र अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ । कृष्णभीरमा खसेको पहिरो पन्छाउने कार्य निरन्तर अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै पहिरो प्रभावित क्षेत्रको दुवै छेउबाट १८ जना प्राविधिक तथा मजदुर परिचालन गरी जोखिमयुक्त रुख कटानको काम भइरहेको मन्त्री लम्सालले जानकारी दिए । रुख कटानको कार्य सम्पन्न हुनासाथ सडकमा थिग्रिएको पहिरो हटाउनका लागि आवश्यक निर्माण उपकरणहरूसमेत दुवैतर्फ तयारी अवस्थामा राखिएको छ।

बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सुचारु गरी काठमाडौँ जोड्ने आपूर्ति व्यवस्था र यातायात सहज बनाउन मन्त्रालयले उपकरणहरू परिचालन गरेर द्रुत गतिमा काम गरिरहेको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *