नाडा अटो शो २०२६ मा उत्कृष्ट स्टलको उपाधि विभिन्न पाँच विधामा प्रदान गरिएको छ ।
चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रांलिको बीवाईडीले (BYD) उत्कृष्ट स्टलको उपाधि पाएको छ ।
त्यस्तै दुईपांग्रे सवारीसाधनतर्फ एमए डव्लु राइड्स प्रा.लिको यामाहा (YAMAHA), कमर्सियल चारपांग्रेतर्फ एनइभि नेपाल प्रा.लिले विक्रि गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ ।
त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदि अटोपार्टस् प्रा.लिले राखेको मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ ।
उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।