नाइमाले ५० लाख रुपैयाँ सहयोग गर्ने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

leap motor

बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले विपद् सुरु भएयता आफ्ना सदस्य कम्पनीहरूलाई राहत तथा उद्धारमा परिचालन गर्दै आएको जनाएको छ ।

सदस्य कम्पनीहरूले आर्थिक सहयोगसँगै यातायात र लजिस्टिक व्यवस्थापनमार्फत प्रभावित क्षेत्रमा सहयोग पुर्‍याइरहेको संस्थाको भनाइ छ ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को समयमा प्रभावित नागरिक तथा सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनु निजी क्षेत्रको समेत दायित्व भएको बताइन् । राहत र पुन:स्थापनाको काम प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

नाइमाले स्थापना भएदेखि नै विभिन्न विपद् तथा आपत्कालीन परिस्थितिमा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *