काठमाडौं । काठमाडौं–मुग्लिन सडक शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिहान ८ बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।
तर धादिङको बैरेनी क्षेत्रमा भने करिब एक किलोमिटर सडकमा लेदो हटाउने काम बाँकी रहेकाले उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बुधबार रसुवामा आएको भीषण बाढीले त्रिशूली नदी आसपास हुँदै धादिङ क्षेत्रमा समेत सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण सडकमा लेदो थुप्रिएपछि बुधबारदेखि नै काठमाडौं–मुग्लिन सडक अवरुद्ध भएको थियो।
शुक्रबार सडकमा फसेका केही सवारीसाधनलाई काठमाडौं प्रवेश गराइएको थियो। अहिले सडक सञ्चालनमा आएपछि यातायात क्रमशः सहज हुँदै गएको छ।