नाडा अटो शोमा डोङफेङको विद्युतीय एसयूभी एमहिरो प्रदर्शन

काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२६ मा चीनको प्रतिष्ठित अटोमोबाइल ब्रान्ड डोङफेङको प्रिमियम तथा लक्जरी अफरोड विद्युतीय सवारी ब्रान्ड एमहिरोको विद्युतीय एसयूभी प्रदर्शन गरिएको छ । एमहिरोको आगमनले नाडा अटो शोमा प्रिमियम विद्युतीय एसयूभीतर्फको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

एमहिरो विशेष गरी सैन्य गाडीको झल्को दिने आक्रामक र मस्कुलर लुक्स, बोल्ड ग्रिल र क्रस–सेप्ड एलइडी हेडलाइटका लागि चर्चित छ । गाडीको भित्री भागमा लक्जरी नेपा लेदर फिनिसिङ, ठूला डिजिटल डिस्प्लेहरू, ६४ कलर एम्बियन्ट लाइटिङ र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

एमहिरो शक्तिशाली विद्युतीय ड्राइभट्रेनमा आधारित छ, जसले १००० हर्सपावरभन्दा बढी शक्ति र उत्कृष्ट टर्क उत्पन्न गर्छ। कठिन परिस्थितिमा सहज यात्रा सुनिश्चित गर्न यसमा ४–ह्विल ड्राइभ र ३ वटा डिफरेन्सियल लकहरू राखिएका छन् । यसमा रहेको क्र्याब मुभिङ मोडले गाडीलाई तेर्सो वा डायगोनल रूपमा मोड्न मद्दत गर्छ भने ९० सेन्टिमिटरसम्मको गहिरो पानीमा पनि यो सहजै चल्न सक्छ ।

नेपाली बजारमा प्रिमियम र लक्जरी ईभीको माग बढ्दै गएको अवस्थामा एमहिरोको प्रवेशले यस सेगमेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्नेछ । यद्यपि गाडीको आधिकारिक बिक्री मूल्य, नेपालमा उपलब्ध हुने भेरियन्ट र अन्य जानकारी भने कम्पनीले दिएको छैन । हाल यो सोकेशका लागि मात्र राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *