नेपाल रिकण्डिसन अटो व्यवसायी संघको साधारणसभा सम्पन्न

नेपाल रिकण्डिसन अटो व्यवसायी संघको एघारौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

संघका अध्यक्ष प्रविण लामिछानेको सभापतित्व तथा जेष्ठ नागरिकको सेवामा समर्पित ‘आमाघर ‘ की संचालक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा यातायात क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, बैंक , इन्स्योरेन्स, वित्तीय संस्थाका प्रतिनिधि तथा रिकण्डिसन अटो व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारणसभाकै अवसरमा संघको तर्फबाट व्यवसायीहरुबीच रमाइलो वनभोजको पनि आयोजना गरिएको थियो।

साधारणसभाको समुद्घाटन सत्रको संचालन संघका महासचिव कुमार बोगटीले गरेका थिए।

त्यस्तै , स्वागत मन्तव्य संघका उपाध्यक्ष प्रदीप रानाले गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा यातायात र रिकण्डिसन व्यवसायमा विद्यमान समस्याहरुको समाधान, व्यवसायीका हकहित तथा नीतिगत सुधारका विषयमा परिचर्चा गरिएको थियो।

समारोहका प्रमुख अतिथी दिलशोभा श्रेष्ठले बालबालिका र ज्येष्ठ नागिकहरूलाई आमाघर आश्रमले तीन दशकदेखि सेवा प्रदान गर्न सकेको जनाइन् । यस काममा धेरै सहयोगी व्यक्ति र संस्थाहरुको सहयोग रहेको उनले बताइन्।

उनले सबैले आफ्ना बालबालिकालाई उचित शिक्षा र संस्कार तथा बुबाआमा प्रतिको कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा रिकण्डिसन अटो व्यवसायी संघको तर्फबाट आमाघर आश्रमको निर्माणाधीन भवनको लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यस्तै, सो अवसरमा शान्ति कार हाउसका संचालक राजु खड्काले आमाघर आश्रमको लागि रु. ५१ हजार सहयोग प्रदान गरेका छन्।

कार्यक्रमका सभापति प्रविण लामिछानेले साधारणसभामा रिकण्डिसन अटो व्यवसायीहरुको उत्साहप्रद उपस्थितिको लागि आभार प्रकट गरे। उनले व्यवसायीको हकहितमा संघ सधैँ लागिरहने प्रतिबद्धता जनाए।

संघका निवर्तमान अध्यक्ष तथा संघका संरक्षक रमेश प्रसाद कोइरालाले संघको साधारणसभा उत्साहप्रद रूपले सम्पन्न हुँदै गरेकोमा खुशी व्यक्त गरे।

उनले अहिले रिकण्डिसन गाडीको लागि पनि बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थाल्नु राम्रो कुरा भएको बताए।

कार्यक्रममा महासचिव कुमार बोगटीले संघको भवन निर्माण प्रक्रिया छिटो सुरु गरिने र यसको लागि आर्थिक योगदान गर्न धेरै व्यवसायीले प्रतिबद्धता जनाएका बताए।

एघारौँ साधारणसभाको बन्दसत्रले संघको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। संघको हालै संशोधन गरिएको विधान बमोजिम हरेक आर्थिक वर्षमा समयमै साधारणसभा सम्पन्न गरिने संघले जनाएको छ।

साधारणसभाकै अवसरमा संघको तर्फबाट व्यवसायीहरुबीच रमाइलो वनभोजको पनि आयोजना गरिएको थियो। त्यस्तै, कार्यक्रममा संघ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच व्यवसायीक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *