काठमाडौं । नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै प्रभु बैंकले नाडा अटो शो २०२६ को अवसरमा विशेष अटो लोन योजना ल्याएको छ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्राहकले वार्षिक ०.५० प्रतिशत प्रिमियम दरमा सवारी कर्जा लिन सक्नेछन्। बैंकले सवारी खरिद गर्ने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।
योजनाअन्तर्गत कर्जा लिन चाहने ग्राहकका लागि प्रक्रिया सहज बनाइएको बैंकको भनाइ छ। सरल कागजी प्रक्रिया अपनाइने र आवेदन प्राप्त भएपछि छोटो समयमै कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
नाडा अटो शोमा राखिने प्रभु बैंकको स्टलबाट ग्राहकले अटो लोनका विभिन्न पक्षबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। बैंकका कर्मचारीले कर्जा सुविधा, प्रक्रिया तथा आवश्यक वित्तीय व्यवस्थापनबारे ग्राहकलाई परामर्शसमेत दिनेछन्।
नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। बैंकले उक्त प्रदर्शनीलाई नयाँ सवारी खरिद गर्न चाहने ग्राहकसँग प्रत्यक्ष जोडिने अवसरका रूपमा उपयोग गर्ने जनाएको छ।