नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी

नामीले आगामी नाडा अटो शो २०२६मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो ।

यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ ।

नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामीसवारी साधन सञ्चालनमा आइसकेका छन् ।

यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ ।

नामी भिगोइ- २ को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्यनाडा अटो शो २०२६मा सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *