लिपमोटर B03X नेपाल आइपुग्यो, छिट्टै लन्च हुने

अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर B03X आधिकारिक रूपमा नेपाल आइपुगेको छ ।
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यो बहुप्रतीक्षित ईभीलाई आज सार्वजनिक गर्ने छ ।

’इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भए सँगै यसको बुकिङ खुल्ला गरिनेछ ।

नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर B03X ले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ ।

यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको (CLTC) प्रभावकारी रेन्ज प्रदान गर्दछ ।

साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ ।


सुरक्षाका दृष्टिले यसमा ’एडिएस लेभल २’ (ADAS Level 2) प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रूपमा सेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरू माझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ ।

चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (NEV) ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए ।

विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *