५० हजार कारमा सोलिड स्टेट ब्याट्री दिने डोङफेङको घोषणा

चिनियाँ मोटर उत्पादक कम्पनी डोङफेङले सन् २०२७ भित्रै ५० हजार कारमा सोलिड स्टेट ब्याट्री दिने जनाएको छ । कम्पनीले प्रतिकेजी ३५० वाट आवर डेनसिटी भएको सोलिड स्टेट ब्याट्री बजारमा ल्याउन लागेको हो ।

सोलिड स्टेट ब्याट्री प्रोजेक्टलाई धेरै कम्पनीले पछाडि धकेलिरहेको समयमा डोङफेङले ५० हजार कारमा प्रयोग गर्ने घोषणा गरेको हो । डोङफेङ आफैँले उत्पादन गर्ने सोलिड स्टेट ब्याट्रीको प्रयोगका बारेमा कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट बिभागका झाङ वेईले जानकारी दिए ।

केही दिन अगाडि भएको २१ औं सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उत्पादन प्रविधि, उपकरण तथा सामाग्री प्रदर्शनीका वेईले कम्पनीको योजना बारेमा बताएका थिए । सम्पूर्ण ईभीमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्न भने २०३५ सम्म कुर्नुपर्ने डोङफेङले जनाएको छ ।

नयाँ सोलिड स्टेट ब्याट्रीको रेन्ज १ हजार किलोमिटर माथि नै रहने कम्पनीको दावी छ । कम्पनीले नयाँ ब्याट्रीको कठोर हिउँजमेको स्थानमा समेत परीक्षण पुरा गरिसकेको छ ।

डोङफेङले सोलिड स्टेट ब्याट्रीमा प्रयोग गर्नु पर्ने इलेक्ट्रोड, सोलिड इलेक्ट्रोलाइट सहित ब्याट्री उत्पादन गर्न चाहिने हरेक कुरा आफ्नै अनुषन्धाबाट निर्माण गरेको जनाएको छ । कम्पनीले यी ईभी फास्ट चार्ज गर्ने पूर्वाधार सँगसँगै बिस्तार गर्दै जाने अपेक्षा गरिएको छ ।

सोलिड स्टेट ब्याट्रीको उत्पादनमा जापानी कम्पनीहरुसँग निकै धेरै ट्रेडमार्क दर्ता भएका छन् । तर, कुन कम्पनीले पहिला ल्याउँछ भन्ने विषयमा अहिले धेरै चर्चा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *