बीवाइडीलाई न्यू इनर्जी भेहिकल उत्पादनमा व्यापक सफलता

चिनियाँ अटोमोबाइ उत्पादक बीवाइडीले न्यू इनर्जी भेहिकल (एनईभी) उत्पादनमा  ठुलो  सफलता हासिल गरेको छ । कम्पनीले १ करोड ७० लाखौं युनिट एनईभी उत्पादन पूरा गरेको हो । कम्पनीले १ करोड ७० लाखौंको रुपमा बीवाइडी सिलायन ०८ रोल आउट गरेको हो ।

कम्पनीले १ करोड ७० लाखौंको कोसेढुंगा १ करोड ६० लाखौं गाडी उत्पादन गरेको मात्र ८२ दिनमै भेटाएको हो । अर्थात् कम्पनीले पछिल्लो ८२ दिनमै थप १० लाख युनिट एनईभी उत्पादन गरेको बताएको छ।
बीवाइडीलाई आफ्नो १ करोड ५० लाखबाट १ करोड ६० लाखमा पुग्न १२० दिन लागेको थियो । सन् २००८ को डिसेम्बरमा पहिलो एनईभी बनाएको बीवाइडीलाई सुरुवाती १० लाखको आँकडा छुन साढे १२ वर्ष (मे २०२१ सम्म) लागेको थियो।

तर, त्यसपछिको ५ वर्षमै कम्पनीले १ करोड ७० लाखको विशाल आँकडा पार गरेर विश्वलाई नै आश्चर्यचकित बनाएको छ । सन् २०२४ को नोभेम्बरमा मात्रै कम्पनीले १ करोडौं गाडी उत्पादन गरेको थियो ।

बीवाइडीले हाल ओसियनरडाइनास्टि सिरिज, डेन्जा, फाङचेनबाओ र याङवाङ सबब्राण्डमा प्योर इलेक्ट्रीक र हाइब्रिड गाडी उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२६ को जुनमा मात्रै विश्वभर ४ लाख ३ हजार ४७२ वटा एनईभी बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशत धेरै हो ।

नेपालमा पनि बीवाइडी सर्वाधिक बिक्री हुने विद्युतीय ब्राण्ड हो । साइमेक्स इंकले बीवाइडीका आधा दर्जन मोडल बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *