ट्रायम्फ र केटीएमको नयाँ मल्टिब्रान्ड शोरूम सञ्चालन

ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँमल्टि ब्रान्ड शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । जसले गर्दा ग्राहक वर्गले अब ललितपुरमै अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल अनुभव गर्न पाउनेछन ।

ललितपुरको सबैभन्दा प्रमूख र सहज पहुँच भएको स्थानमध्ये एक कुमारिपाटीमा रहेको यो नयाँ शोरूमले सेल्स, सर्भिस र स्पेयर्स (३एस) को सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्ने गरी डिजाइन गरिएको छ। यस नयाँ
शोरूमसँगै ट्रायम्फले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाएको छ।

यो कम्पनीको नेपालमा सातौँ शोरूम हो भने कम्पनीको आगामी दिनमा थप स्थानहरूमा पनि शोरूम विस्तार गर्ने योजना रहेको छ। नयाँ शोरूमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी श्री सुनील जंग शाहसँगै सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

ललितपुरस्थित यो शोरूम मोटरसाइकल पारखीहरूका लागि एक विशिष्ट मल्टि ब्रान्ड गन्तव्यका रूपमा स्थापित भएको छ, जहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएमको विश्व प्रसिद्ध मोटरसाइकल मोडलहरु एउटै छानामनिु अनुभव गर्न सकिन्छ। यो शोरूम ग्राहकहरूलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको हो।

कार्यक्रममा बोल्दै बाइकर्स डिपोका सञ्चालक श्री सतीश श्रेष्ठले ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यका साथ ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याउन पाउँदा निकै गर्व महससु गरेको व्यक्त गर्नुभयो । बिक्री, सर्भिस स्पेयर्स सम्पूर्ण सविुधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट प्रदर्शन, गुणस्तर र मोटरसाइकलप्रतिको लगावलाई महत्व दिने प्रत्येक राइडरका लागि भरपर्दो गन्तव्य बन्ने लक्ष्य भएको पनि उहाँले थप्नुभयो ।

शोरूम उद्घाटनका अवसरमा ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले ललितपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याउनु हाम्रो लागि केवल गर्व मात्र होइन, नेपालभरका राइडरहरूसम्म ट्रायम्फको प्रिमियम अनुभव अझ सहज रूपमा  पुर्‍याउने महत्वपूर्ण प्रयास रहेको जानकारी गराउनुभयो । उहाँले मोटरसाइकल प्रेमीहरूको बढ्दो विश्वास र उत्साहलाई ध्यानमा राख्दै  गुणस्तरीय सेवा र विश्वस्तरीय मोटरसाइकलिङ अनुभवलाई देशका विभिन्न स्थानसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस विस्तारसँगै ट्रायम्फ र केटीएमले नेपालभरका राइडरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन। उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यी ब्रान्डहरूले मोटरसाइकल मात्र नभई सम्पूर्ण मोटर साइकलिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन।

बाइकर्स डिपो ललितपरका लागि ट्रायम्फ र केटीएमको आधिकारिक शोरूम पार्टनर हो। यस शोरूम मोटरसाइकल पारखीहरूलाई प्रिमियम मोटरसाइकल, जेन्यइनु स्पेयर्स, व्यावसायिक सर्भिस तथा खरिददेखि
बिक्रीपछिको सेवासम्मको उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *