Skip to content
नेपालमा एलआरआर मोटर्सले उपलब्ध गराएको स्काईवेल बीई११ इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु गरेको छ ।
कम्पनीले नाडा अटो शो २०२६ का क्रममा बुकिङ गरेका ग्राहकलाई प्राथमिकताका आधारमा गाडी हस्तान्तरण गर्न थालेको हो ।

एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेल बीई११ सार्वजनिक गरेको थियो ।
उक्त प्रदर्शनीका क्रममा मोडलले ग्राहकबाट राम्रो प्रतिक्रिया पाउँदै करिब ४ सय युनिट बुकिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।
अटो शोका साथै त्यसपछि पनि गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले क्रमशः डेलिभरी दिइरहेको छ ।
प्राप्त अर्डरअनुसार उत्पादक कम्पनीबाट गाडी आयात भइरहेकाले उपलब्धताका आधारमा चरणबद्ध रूपमा ग्राहकलाई हस्तान्तरण गरिने एलआरआर मोटर्सले जानकारी दिएको छ ।

कम्पनीले नेपाली बजारमा बीई११ का विभिन्न रेन्ज र फिचर भएका भेरियन्ट उपलब्ध गराएको छ ।
यसअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्टलाई ५५ लाख ९९ हजार र लक्जरी भेरियन्टलाई ५६ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
सबैभन्दा लामो रेन्ज दिने ५२० किलोमिटर क्षमताको भेरियन्टको मूल्य भने ६४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
Views: 49