सुजुकीले आफ्नो नयाँ GSX250R मोटरसाइकल चीनमा सार्वजनिक गरेको छ । हायाबुसाको डिजाइन र भीभीए इन्जिनमा सुजुकीले स्पोर्ट्स मोटरसाइकल सार्वजनिक गरेको छ।
अहिले चीनमा मात्रै बिक्री हुने GSX250R मोटरसाइकल भविष्यमा अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री थालिने छ । नयाँ GSX250R चीनमा सुजुकी र हाओजुएको संयुक्त लगानीमा उत्पादन गरिएको हो । चीनको मिनिस्ट्री अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजीमा पेस भएको बिबरण अनुसार हायाबुसाको डिजाइन र भीभीए इन्जिन रहने खुलासा भएको हो ।
डिजाइनका हिसाबले नयाँ GSX250R मा अगाडिको फ्यासियामा हायाबुसासँग मिल्दोजुल्दो डिजाइन देखिन्छ । सम्पूर्ण बडीमा फुल फेयर्ड सुपरस्पोर्ट शैली अपनाएर बनाइएको छ ।
अगाडिको भागमा एरोडाइनामिक विङलेट राखिएको छ । यसले उच्च गतिमा थप डाउनफोर्स सिर्जना गरी कर्नरिङ गर्दा स्थिरता प्रदान गर्ने छ । फेयरिङमा जडान गरिएका ओआरभीएम र एरोडाइनामिक फ्रन्ट विन्डस्क्रिनले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाएको देख्न सकिन्छ ।
यसको राइडिङ पोजिसन पनि सुपरस्पोर्ट बाइक जस्तै बनाएर तयार गरिएको छ। लो (सेट क्लिप (अन ह्यान्डलबार, रियर(सेट फुटपेग र केही अग्लो पछाडिको सिट प्रयोग भएको छ । पछाडि बस्ने यात्रुको लागि लामो दूरी यात्रा गर्न सजिलो बनाइएको छ ।