११ महिनामै २५ अर्ब ५५ करोडको ईभी आयात

चालू आर्थिक वर्षको ११ महिना भित्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार आठ सय ४५ वटा विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन् ।

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।

उक्त ११ महिनाको अवधिमा पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार छ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् ।

साथै सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजारबराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार तीन सय ५७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *