चालू आर्थिक वर्षको ११ महिना भित्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार आठ सय ४५ वटा विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन् ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त ११ महिनाको अवधिमा पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार छ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
साथै सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजारबराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार तीन सय ५७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।