कियाको आधिकारिक वितरक कम्पनीले नेपाली अटोमोबाइल बजारमा कियाको बहुप्रतीक्षित नयाँ पुस्ताको एसयूभी ‘अल-न्यु Kia K3 Seltos’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन र अत्याधुनिक सुरक्षा सुविधासहित आएको यो एसयूभीले नेपाली बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यसको प्रारम्भिक मूल्य ६८ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।
नयाँ K3 सेल्टोसमा आकर्षक फ्रन्ट ग्रिल, स्टाइलिस एलईडी लाइटिङ, पूर्ण डिजिटल डिस्प्ले, उन्नत इन्फोटेन्मेन्ट सिस्टम तथा विभिन्न एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ।

यसले चालक तथा यात्रुको सुरक्षा र आरामलाई थप प्राथमिकता दिएको कम्पनीको दाबी छ।
कम्पनीका विराटनगर प्रबन्धक कुशल लामिछानेका अनुसार K3 प्लेटफर्ममा आधारित यो नयाँ मोडलले उत्कृष्ट ड्राइभिङ अनुभव, प्रिमियम इन्टेरियर तथा अत्याधुनिक प्रविधिको संयोजन प्रस्तुत गरेको छ।
उनले नेपाली ग्राहकको रोजाइ र आवश्यकतालाई ध्यानमा राखेर नयाँ सेल्टोस बजारमा ल्याइएको बताए।

भारतमा सन् २०२६ मा सार्वजनिक गरिएको दोस्रो पुस्ताको सेल्टोसकै संस्करण नेपालमा भित्रिएको हो।
नयाँ डिजाइन भाषा, थप प्रविधि र अझ आरामदायी क्याबिनका कारण यो मोडलले मध्यम तथा प्रिमियम एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउने विश्वास गरिएको छ।
कम्पनीले हाल देशभरका आफ्ना शोरुममार्फत टेस्ट ड्राइभ तथा बुकिङ खुला गरेको जनाएको छ।
नयाँ K3 सेल्टोसको आगमनसँगै नेपाली एसयूभी बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।
Picture: Facebook/Kia Nepal
