सुजुकीले आफ्नो लोकप्रिय म्याक्सी स्कुटर बर्गम्यान स्ट्रिट १२५ को अपडेट मोडल लन्च गरेको छ।
नयाँ बर्गम्यान स्ट्रिट १२५ को लुक प्रिमियम र आकर्षक बनाइएको छ ।
म्याक्सी स्कुटर स्टाइलमा तयार गरिएको सो स्कुटरको नयाँ च्यासिस अघिल्लो मोडलको तुलनामा करिब ५०० ग्राम हलुका बनाइएको छ ।

स्प्लिट रिफ्लेक्टरयुक्त फुल एलईडी हेडलाइट र फ्रन्टमा इन्टिग्रेटेड एलईडी डे टाइम रनिङ लाइट जडान गरिएको छ। एलईडी टेललाइटले रातको समयमा राम्रो भिजन प्रदान गर्ने कम्पनीको दाबी छ।
सो स्कुटरमा लामो स्टेप अप सिट, बलियो रियर ग्र्याब रेल तथा अगाडि र पछाडि दुवैतर्फ १२ इन्चका अलोय ह्विल जडान गरिएको छ।
यसको प्रिमियम भेरिएन्टमा पियानो ब्ल्याक वा कपर-गोल्ड फिनिस प्रयोग गरिएको छ ।

सुविधाको हिसाबले नयाँ बर्गम्यान स्ट्रिट १२५ आफ्नो सेगमेन्टकै सबैभन्दा आधुनिक स्कुटरमध्ये एक मानिएको छ।
यसमा स्मार्ट किलेस इन्ट्री सिस्टम जडान गरिएको छ । साथै टप भेरिएन्टमा ४.२ इन्चको कलर टीएफटी डिस्प्ले उपलब्ध गराएको छ भने बेस भेरिएन्टमा एलसीडी डिस्प्ले दिइएको छ।
आराम र थप प्रभावकारी बनाउन स्कुटरमा एक्सटेन्डेड फ्लोरबोर्ड राखिएको छ, जसले लामो यात्रामा खुट्टा सहज रूपमा फैलाएर बस्न मद्दत गर्छ।
साथै फ्रन्ट एप्रोनमा मोबाइल चार्जिङका लागि यूएसबी पोर्ट, ग्लोभ बक्स र ओपन स्टोरेज उपलब्ध छ।
सिटमुनिको स्टोरेज क्षमता बढाएर २४.६ लिटर बनाइएको छ ।
