ट्राफिक अनुशासन तथा सडक सुरक्षामा नाईमाको प्रतिबद्धता

नाईमा (NAIMA) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेसँग शिष्टाचार भेटघाट गरेको छ।

भेटका क्रममा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुरक्षित यातायातका विषयमा छलफल भएको थियो।

साथै, नाईमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच हालसालै सम्पन्न भई कार्यान्वयनमा रहेको पाँचवर्षे सहकार्य सम्झौताअनुसार ट्राफिक प्रहरी क्षमता अभिवृद्धि कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी रूपमा अगाडि बढाउने विषयमा सहमति भएको छ।

यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा भर्खरै सुरु गरिएको ट्राफिक अनुशासन तथा सडक सुरक्षा प्रतिबद्धता सम्बन्धी एक महिने महाअभियानप्रति नाईमा र ग्लोबल कलेजले ऐक्यबद्धता जनाएका छन्।

अभियानको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *