स्काईवेलले १६ लाखसम्म मूल्य घटायो

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले बीई११ ईभीको मूल्य एकैपटक १६ लाखसम्म घटाएको छ ।

कम्पनीले बीई११ लो रेन्ज भेरिएन्टको मूल्य १४ लाख, यसैको मिडियम रेन्ज भेरिएन्टमा १५ लाख र लङ रेन्ज भेरिएन्टमा १६ लाख रुपैयाँ कम गरको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने करको संरचनामा परिवर्तन गरेसँगै कम्पनीले मूल्य समायोजन गरेको हो ।

जसअनुसार, बजेटअघि ७९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको एसयूभीलाई अव ६५ लाख ९० हजारमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, यसअघि ८९ लाख ९० हजार र १ करोड १५ लाखमा बिक्री हुँदै आएको मिडियम र लङ रेन्ज भेरिएन्टको नयाँ मूल्य क्रमशः ७४ लाख ९० हजार र ९९ लाख रुपैयाँ कायम गरिएको छ ।

प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित स्काईवेलका ईभी तीन भिन्न ब्याट्री प्याकमा उपलब्ध छन् ।

जसअनुसार, ५१.९२ किलोवाट आवर क्षमताको बीई११ लो रेन्ज भेरिएन्टले ४१० किलोमिटर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित मिडियम रेन्ज भेरिएन्टले ५२० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

त्यसैगरी, लङ रेन्ज भेरिएन्टमा ८५.९६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले एकपटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

यी सबै भेरिएन्टमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *