नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा रक्तदान सम्पन्न

नेपाल रिकन्डिसन अटो व्यवसायी संघले रक्तदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

दोस्रो अटो दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थामा आबद्ध व्यवसायी तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

संघले सामाजिक उत्तरदायित्व वहन गर्ने आफ्नो साझा अभियानका रुपमा रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान जस्तो मानव सेवासँग जोडिएको पुण्य कार्य तथा वातावरण संरक्षणसँग सम्बन्धित सरसफाई अभियानमा संलग्न हुन पाउँदा आँफूहरुनिकै सन्तुष्ट रहेको संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले बताए ।

‘सहभागीले देखाउनुभएको सक्रियताले समाजप्रति व्यवसायिक समुदायको उत्तरदायी र सकारात्मक छवि स्थापित गर्न समेत महत्वपूर्ण योगदान पुगेको छ’ उनले भने ।

यस कार्यक्रमको सफलताले आगामी दिनहरूमा पनि यस्तै सामाजिक, मानवीय तथा जनहितका कार्यहरू सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको अध्यक्ष कोइरालाको भनाई छ ।

रक्तदान तथा सरसफाइ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पु¥याउनुहुने सम्पूर्ण सदस्य महानुभावहरू, शुभेच्छुकहरू, स्वयंसेवकहरू तथा सहभागीहरूमा नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिको तर्फबाट उनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *