नेपालमा भित्रिने र गुड्ने सबै गाडीहरू गुणस्तरयुक्त र मापदण्ड अनुकूल भएको सुनिश्चित गर्न निर्देशिकाले दुई प्रमुख प्रमाणीकरण प्रक्रियालाई अनिवार्य गरेको छ।
यसले न्यून गुणस्तरका गाडी आयात हुने बाटो पूर्ण रूपमा बन्द गर्नेछ।
पहिलो व्यवस्था अनुसार, नेपाल ल्याइने हरेक सवारीको नमुनाले सबै सुरक्षा र कार्यक्षमताको मापदण्ड पूरा गरेको ‘प्रकार अनुमोदन प्रमाणपत्र’ (Type Approval Certificate) पेश गर्नु पर्नेछ।
दोस्रो, ठूलो संख्यामा आयात वा जडान गरिने गाडीहरूले पनि सोही अनुमोदित नमुनाकै गुणस्तरलाई निरन्तरता दिएको पुष्टि गर्न ‘उत्पादनको अनुरूपता’ (Conformity of Production) को प्रमाण पेश गर्नुपर्नेछ।