उन्नत सुरक्षा प्रविधिलाई प्रोत्साहन

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ ले आधुनिक गाडीहरूमा प्रयोग हुने नवीनतम् प्रविधि र उन्नत सुरक्षा प्रणालीको प्रयोगलाई प्रोत्साहन गरेको छ।

आधारभूत सुरक्षा बाहेक गाडीलाई थप सुरक्षित बनाउने प्रविधिमा जोड दिइएको हो।

मस्यौदामा गाडीको टायरमा हावाको चाप निरन्तर निगरानी गर्ने ‘टायर प्रेशर मोनिटरिङ सिस्टम’ (TPMS) र गाडी तीव्र गतिमा हुँदा वा मोडहरूमा चिप्लिनबाट जोगाउने ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ (ESC) जस्ता प्रविधिहरू समावेश गर्न आयातकर्ताहरूलाई प्रोत्साहित गरिएको छ।

यी आधुनिक प्रविधिहरूले चालकलाई सुरक्षित रूपमा गाडी चलाउन मद्दत गर्ने र मानवीय त्रुटिका कारण हुने दुर्घटना कम गर्ने विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *