नेपाल भित्रिने सवारी साधनहरूको यान्त्रिक पक्षलाई थप सुरक्षित बनाउन सरकारले विशिष्टीकृत परीक्षण उपकरण र विधिहरू प्रयोग गर्ने भएको छ।
यस अन्तर्गत गाडीको इन्जिनको शक्ति (पावर), टर्क (घुमाउरो बल), इन्धन खपत र ब्रेकिङ प्रणालीको प्रभावकारिताको कडा जाँच गरिनेछ।
विशेष गरी, सवारीको इन्जिन वा पाङ्ग्राबाट निस्कने ‘टर्क’ मापनलाई अनिवार्य गरिएको छ। मस्यौदाअनुसार यो मापन अन्तर्राष्ट्रिय र भारतीय मानक (आईएस/एआईएस) अनुसार गरिनुपर्नेछ।
बत्ती, हर्न र ब्याट्री क्षमताको समेत सुक्ष्म परीक्षण गरिने भएकाले यसले नेपालको सडकमा चल्ने गाडीहरूको दीर्घकालीन कार्यक्षमता र गुड्ने योग्यता (रोडवर्थीनेस) सुनिश्चित गर्नेछ।