नयाँ टाटा टियागो फेसलिफ्ट सार्वजनिक

टाटा मोटर्सले भारतीय बजारमा आफ्नो चर्चित ह्याचब्याक टियागोको नयाँ फेसलिफ्ट भर्सन मे २८ मा आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसमा पेट्रोल, सीएनजी र विद्युतीय (ईभी) दुवै विकल्प उपलब्ध छन्।

यो नयाँ मोडेललाई पूर्ण रूपमा रिडिजाइन गरिएको छ, जसमा पातलो एलईडी हेडल्याम्प, आकर्षक एलईडी डीआरएल, कनेक्टेड स्टाइलको एलईडी टेल ल्याम्प र नयाँ डिजाइनका पाङ्ग्राहरू समावेश गरी गाडीलाई निकै प्रिमियम लुक्स दिइएको छ।

सुरक्षा र प्रविधिको मामलामा यो सेगमेन्टमै पहिलो पटक ३६० डिग्री क्यामरा प्रणाली थपिएको छ भने युवा पुस्तालाई आकर्षित गर्न हल्का मिन्ट ग्रीन र कोरल ओरेन्ज जस्ता नयाँ रङहरूको विकल्प ल्याइएको छ।

नयाँ टियागो ईभीमा परिमार्जित ब्याट्री र छिटो चार्जिङ सपोर्ट सहित २४ किलोवाट आवर र ३२ किलोवाट आवरको ठूलो ब्याट्री प्याक आउने बलियो सम्भावना रहेको छ।

नेपाली ग्राहकहरूको माझमा निकै लोकप्रिय रहेको टियागो ईभीको यो नयाँ अत्याधुनिक फेसलिफ्ट भर्सन आगामी एकदेखि दुई महिनाभित्रै नेपाली बजारमा समेत भित्रिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *