याङ्गोद्वारा उत्कृष्ट कुरियर पार्टनर सम्मानित

याङ्गो डेलिभरीले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई भव्य रूपमा सम्मान गरेको छ।

उक्त कार्यक्रममा उत्कृष्ट काम गर्ने पार्टनरहरूलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्यलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्यागहरू वितरण गरिएको थियो।

नेपालमा डेलिभरी नेटवर्कलाई थप बलियो बनाउँदै काठमाडौंका प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिने उद्देश्यले स्थानीय साझेदारहरूसँगको सहकार्यमा यो कार्यक्रम गरिएको हो।

याङ्गो प्रो प्लेटफर्म अन्तर्गत उपलब्ध ‘सेल्फ-रजिस्ट्रेशन’ सुविधा र एउटै एपबाट ट्याक्सी तथा डेलिभरी दुवै अर्डर लिन सकिने व्यवस्थाले पार्टनरहरूलाई लचिलो आम्दानीको अवसर मिलेको छ।

याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले डेलिभरी तथा राइड-हेलिङ पार्टनरहरूको अवसर विस्तार गर्न र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन स्थानीय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *