नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी

सरकारले लामो समयदेखि बन्द रहेको नयाँ ट्याक्सीको दर्ता पुनः खुलाउने तयारी गरेको छ।

यस पटक सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीहरूलाई प्राथमिकता दिने योजना बनाएको छ।

सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि उनीहरूको पुनर्स्थापना र व्यवस्थापनका लागि सरकारले यो कदम चाल्न लागेको हो।

साथै, आन्दोलनका घाइतेहरूलाई सहयोग गर्ने विकल्पका रूपमा पनि यसलाई हेरिएको छ।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुन ठाउँमा कति ट्याक्सी आवश्यक छ भनी अध्ययन गरिरहेको छ।

नयाँ दर्ता खुला गरेर २० वर्ष पुराना ट्याक्सीहरूको नम्बर खारेज गर्ने सरकारको रणनीति छ।

यसबाट ट्याक्सी व्यवसायमा रहेको सीमित व्यवसायीहरूको एकाधिकार (सिन्डिकेट) अन्त्य हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *