नेपालमा हालसम्म दर्ता भएका कुल सवारीसाधनमध्ये ८० प्रतिशत हिस्सा दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) को रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा पेस गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार, नेपालमा हालसम्म ६२ लाख ४९ हजार ७ सय ३२ वटा विभिन्न सवारीसाधन दर्ता भएका छन्।
यस आर्थिक वर्षको फागुनसम्म मात्रै थप २ लाख ८१ हजार ९ सय २१ नयाँ यातायातका साधन थपिएका छन्।
कुल दर्ता भएका सवारीसाधनमध्ये ५० लाखभन्दा बढी संख्या त मोटरसाइकलको मात्रै रहेको सरकारी तथ्यांकले देखाउँछ।
बाँकी २० प्रतिशत हिस्सामा मात्रै बस, ट्रक, कार, मिनिबस र माइक्रोबस जस्ता अन्य सवारीसाधन रहेका छन्।