नेपाल सरकारलाई १० कैदी वाहन

नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई अशोक लेल्याण्डका १० वटा आधुनिक कैदी वाहक गाडी हस्तान्तरण गरिएको छ।

वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा आईएमई मोटर्सका उप–महाप्रबन्धक सुशील सुवेदीले भारतीय महावाणिज्यदूत देवी सहाय मीनालाई र उहाँले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती गाडीहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

अशोक लेल्याण्डको ‘पार्टनर’ मोडलका यी गाडीहरूमा सुरक्षा र निगरानीलाई बलियो बनाउन आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ भने यसमा आरामदायी सस्पेन्सन र चालक-मैत्री डिजाइन समावेश छ।

यो सहयोगसँगै नेपाल-भारत सहकार्य अन्तर्गत हालसम्म अशोक लेल्याण्डका ६० वटा सवारी साधन हस्तान्तरण भइसकेका छन्, जसमा यसअघि उपलब्ध गराइएका ५० वटा मालवाहक गाडी समेत पर्दछन्।

नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले अशोक लेल्याण्डका ट्रक, टिपर, बस र हल्का व्यावसायिक सवारी साधनहरू आधिकारिक रूपमा बिक्री वितरण गर्दै बलियो बजार पहिचान बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *