काठमाडौँ र सुदूरपश्चिमका प्रमुख पर्यटकीय क्षेत्रहरू बडीमालिका, रामारोशन र खप्तडलाई सडक तथा केबलकार जस्ता पूर्वाधारमार्फत जोड्ने तयारी सुरु भएको छ।
चुनावी अभियानमा बालेन्द्र शाह (बालेन) ले राखेको अवधारणा अनुरूप सुदूरपश्चिमको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्भावनालाई उजागर गर्दै देशको मूलधारमा ल्याउन सरकारले पूर्वाधार विकासको योजना अघि बढाएको हो।
यातायात र सडकको पहुँच कमजोर भएका कारण हाल यी क्षेत्रहरूमा हेलिकप्टर टुर र होमस्टे पर्यटन फस्टाउँदै गएको अवस्थामा, अब ‘फार वेस्ट हेरिटेज ट्रेल’ को अवधारणा अन्तर्गत एकीकृत रूपमा विकास गर्न लागिएको छ।
यस सम्बन्धी प्रारम्भिक परियोजना प्रतिवेदन निजी क्षेत्रले सरकारलाई बुझाइसकेको छ।