Skip to content
निर्माण सुरु भएको करिब सात वर्षपछि नागढुंगा-नौबिसे सुरुङमार्ग अर्को साता नेपाल सरकारलाई हस्तान्तरण गरिँदैछ।
निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो आयोजना सरकारलाई बुझाउन लागेको हो।
सन् २०१९ को अक्टोबरमा ४२ महिनाभित्र सक्ने गरी सुरु गरिएको यो परियोजना कोभिड महामारी र स्थानीय अवरोधका कारण निर्धारित समयभन्दा ढिला हुन पुगेको हो।

आयोजना प्रमुखका अनुसार आगामी ७ देखि १० दिनभित्र हस्तान्तरणका लागि हाल कागजी प्रक्रिया र फिल्ड निरीक्षणको काम भइरहेको छ।
सुरुङमार्ग हाल जापानी निर्माण कम्पनीको स्वामित्वमा रहेकाले हस्तान्तरणपछि मात्र सेवा प्रदायक कम्पनीले आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नेछ।
यसले गर्दा सुरुङमार्गको प्राविधिक परीक्षण र सञ्चालनका लागि भने आगामी असार महिनासम्म कुर्नुपर्ने देखिएको छ।
Post Views: 17