एकैदिन २६ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १०५ सवारी चालकहरू कारबाहीमा परेका छन्।

यस कारबाहीबाट सरकारले २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने ९९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना, र तीव्र गतिमा सवारी चलाउने १३९ जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन नमान्ने, जथाभाबी हर्न बजाउने र फुटपाथमा पार्किङ गर्ने चालकहरूलाई पनि प्रहरीले कारबाही गरेको छ।

सवारी नियमको पालना गरी सुरक्षित रूपमा यात्रा गर्न ट्राफिक प्रहरीले सबैमा आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *