Skip to content
नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई सरकारले अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
तर, चीनबाट मोटरसाइकल आयात गर्ने क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले उद्योग दर्ता नै नगरी कर छुट सुविधा लिएको पाइएको छ।
नियम अनुसार, उद्योग विभागमा दर्ता भएर एसेम्बल प्लान्ट स्थापना गरेपछि मात्र सीकेडी (अनएसेम्बल्ड) सुविधा पाइन्छ।

तर, यो कम्पनीले उद्योग नै नखोली तयारी मोटरसाइकलका पाटपुर्जाहरू ल्याएर करिब ८१ लाख ६ हजार रुपैयाँ कर छली गरेको छ।
उद्योगको सर्त पूरा नगरेकाले कम्पनीले अब तयारी मोटरसाइकल (CBU) सरहकै पूर्ण कर तिर्नुपर्ने सरकारी निष्कर्ष छ।
Post Views: 15