नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा सुक्खा पहिरो खसेका कारण आज बिहानैदेखि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोले गर्दा सवारी साधनहरूको आवतजावत ठप्प भएको छ।

मुग्लिन प्रहरीका अनुसार अहिले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ।

सडक खुलाउनका लागि प्रहरी टोली र मेसिनहरू परिचालन गरिएको छ।

यो सडक हुँदै यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडक नखुलेसम्म सतर्क रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *