Skip to content
काठमाडौं नजिकैको गोदावरीमा ‘बाइकर जात्रा’ नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ।
आगामी अप्रिल १८ मा Godavari Village Resort मा हुने यस कार्यक्रमले संगीत र मनोरञ्जनप्रेमीहरूलाई लक्षित गरेको छ।
कार्यक्रममा चर्चित कलाकारहरू भ्योमा, रकहेड्स, अचल एण्ड अमिकस, रेमनदास श्रेष्ठ र बिपाश्ना तामाङको प्रस्तुति रहने आयोजकले जनाएको छ।

साथै, कार्यक्रम होस्टका रूपमा रायमोन दास श्रेष्ठ र यशोदा राई रहनेछन्।
‘बाइकर जात्रा’ मा संगीतसँगै स्टल, क्याम्पिङ, खेलकुद र पेय पदार्थको व्यवस्था समेत रहनेछ।
Bikeaholic Nepal ले आयोजना गरेको कार्यक्रमको Official Media – Auto Nepal, Magazine टिकट पार्टनरका रूपमा Khalti Apps रहेको छ।

आयोजकका अनुसार यो कार्यक्रम बाइकर समुदाय र युवाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले आयोजना गरिएको हो।
Post Views: 46