ललितपुरमा फोटोनका इलेक्ट्रिक गाडी

ललितपुर महानगरपालिकाले सहरको फोहोर संकलनका लागि ११ वटा कस्टमाइज्ड फोटोन TM1 इलेक्ट्रिक गाडीहरू भित्र्याएको छ।

नेपालमा पहिलोपटक सहरी फोहोर व्यवस्थापनमा विद्युतीय सवारीको प्रयोग गरी दिगो पूर्वाधारतर्फ ऐतिहासिक उपलब्धि हासिल गरिएको हो।

यी गाडीहरू महानगरको विशेष आवश्यकतालाई ध्यानमा राखी फोहोर संकलनकै लागि विशेष रूपमा तयार पारिएका हुन्।

नयाँ प्रविधिको प्रयोगले फोहोर संकलन टोलीको कार्यक्षमता बढाउनुका साथै यस क्षेत्रमा महिला रोजगारीलाई समेत प्रोत्साहन मिलेको छ।

मेयर चिरिबाबु महर्जनले प्रदूषणमुक्त सहर बनाउने अभियानमा यी विद्युतीय गाडीहरूले उत्कृष्ट समाधान दिएको भन्दै खुसी व्यक्त गर्नुभयो।

एमएडब्लू वृद्धिका सीइओ अनिल बरालले देशभर विस्तार भइरहेको चार्जिङ पूर्वाधारमार्फत स्वच्छ नेपाल निर्माणमा योगदान दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।

देशभर रहेका १७१ भन्दा बढी चार्जिङ स्टेसन र सेवा केन्द्रका कारण फोटोनका ईभीहरू स्थानीय तहमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *