हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नाइमाको समन्वय र टोयोटाको प्राविधिक सहयोगमा हाइब्रिड सवारीसाधनको सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी तालिम सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित यस कार्यक्रममा सीटीइभिटीका विद्यार्थी, ट्राफिक र चालकसहित २५ भन्दा बढी सहभागीहरूले विशेष सीप हासिल गरेका छन्।

सहभागीहरूले यसअघि विद्युतीय सवारीसाधन सम्बन्धी तालिम समेत लिइसकेकाले यो कार्यक्रमले उनीहरूको प्राविधिक क्षमतामा थप निखार ल्याएको छ।

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले विद्यार्थीहरूको सीप विकासका लागि यस्ता व्यावहारिक कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो।

सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले नेपालको भौगोलिक अवस्था अनुसार हाइब्रिड सवारीको महत्त्व बढ्दै गएकाले यसलाई पाठ्यक्रममा समावेश गरिने जानकारी दिनुभयो।

अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिने धारणा बालाजु इञ्जिनियरिङका उपप्राचार्य प्रदीप न्यौपानेले व्यक्त गर्नुभयो।

वैद्यज अर्गनाइजेशनका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले सहभागीहरूको पेशागत विकास र नयाँ प्रविधिको प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *