Skip to content
पथलैया–हेटौंडा–नारायणघाट सडकको विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार गरिएको छ।
यो सडकलाई ४ लेनमा स्तरोन्नति गर्ने योजना बनाइएको छ, जसका लागि करिब ५५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

डिजाइन अनुसार सडकको चौडाइ क्षेत्र अनुसार फरक हुने छ भने सर्भिस रोड, साइकल लेन, फुटपाथ, आकाशे पुल र अन्डरपास जस्ता संरचना पनि निर्माण गरिनेछ।
यसका साथै वन्यजन्तु आवतजावतका लागि विशेष संरचना, पुल तथा अन्य पूर्वाधार निर्माण गरिनेछ र परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Post Views: 53