Skip to content
म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु गरिएको छ।
करिब एक दशकअघि निर्माण सुरु भएको यस सडकका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

हाल सडक फराकिलो बनाउने, घुम्ती र ग्रेड सुधार गर्ने काम भइरहेको छ भने वर्षायाममा पानी निकासका लागि नाली निर्माण पनि भइरहेको छ।
यसका साथै सडक किनारमा पर्खाल निर्माण कार्य पनि तीव्र रूपमा अघि बढाइएको सम्बन्धित प्राविधिकले बताएका छन्।
Post Views: 48